काठमाण्डौ । आयोजना प्रभावितबाट बहिस्कृत भई न्यून कित्ता मात्र बिक्री भएको युनिभर्सल पावर कम्पनी लिमीटेडले शुक्रबार(माघ २५ गते)देखि सर्वसाधारणका लागि आइपीओको बिक्री खुलाउँदैछ ।
विज्ञहरुले यो कम्पनीको आइपीओमा आँखा चिम्लिएर लगानी गर्नुअघि स्थानीयले किन सेयर किनेनन् भन्ने कुरा बुझ्न आग्रह गरेका छन् । यस्ता कमजोर कम्पनीको आइपीओमा लगानी गर्नु भन्दा नगर्नु नै उत्तम हुने उनीहरुको राय छ । तर, लगानीको निर्णय लगानीकर्ता स्वयम्ले बुझेर लिनु चाहि उत्तम विकल्प हुनेछ ।
आयोजना प्रभावितले समेत नकिनेको सेयर समेत थपेर कुल ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर निश्कासन गर्ने भएको हो ।
योमध्ये १ लाख ८६ हजार ५४८ कित्ता कर्मचारीका लागि, ४ लाख ६६ हजार ३७० कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता भने सर्वसाधारणको भागमा परेको छ ।
यो कम्पनीको आइपीओमा छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ ।
आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यसअघि यो कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म आयोजना प्रभावित दोलखाबासीका लागि २१ लाख ३ सय ५० कित्ता सेयर निश्कासन गरेको थियो । यो समयभित्र न्यून कित्ताका लागि मात्र आवेदन परेपछि बिक्री प्रबन्धकले माघ १३ गतेसम्मको अवधि थपेको थियो । तर, समय थप्दा समेत आवेदन परेन र १७ लाख ६६ हजार १५० कित्ता बिक्री भएन ।
यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ९६ करोड ६१ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने योजना बनाएको थियो ।
यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।
आयोजना प्रभावित र सर्वसाधारणलाई समेत आइपीओ जारी गरिसकेपछि यो कम्पनीको चुक्तापूँजी बढेर २ अर्ब १० करोड पुग्नेछ भने कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा ४६ प्रतिशत कायम हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago