काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रति शेयर अंकित मूल्य रु.१००÷– (अक्षरेपी एक सय रुपैयाँ मात्र) दरका ६४,५०,००० कित्ता शेयर बराबर रु. ६४,५०,००,०००÷–(अक्षरेपी चौसट्ठी करोड पचास लाख रुपैयाँ मात्र) साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन(आइपिओ) को निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

यूनियन लाइफ इन्स्योरेन्सको बानेश्वर स्थित रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रवन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । 

विगत एक वर्षदेखि मर्चेण्ट बैकिङ्ग व्यवसाय गर्दै आएको नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।