काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज(साउन १४ गते)देखि आइपीओ निश्कासन गरेको छ ।
धितोपत्र बोर्डले असार १४ गते यो कम्पनीलाई आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने अनुमति दिएको थियो ।
यो कम्पनीले खुलाएको आइपीओमा लजमुंग जिल्लाको मध्यनेपाल नगरपालका वडानम्बर ८, ९ र १०, बेसीसहर नगरपालिका वडानम्बर ५, सुन्दरबजार नगरपालिका वडानम्बर ११ र कास्की जिल्लाको रुपा गाउँपालिका १ तथा प्रभावित क्षेत्र लमजुंग जिल्लामा स्थायी बसोबास गर्ने बासिन्दाहरुको निमित्त आइपीओ निश्कासन गरेको हो ।
इच्छुक स्थानीयले न्यूनतम ५० देखि अधिकतम ७५०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आइपीओमा भदौ १२ गतेसम्म तोकिएको स्थानमा आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले आयोजना प्रभावितलाई कम्पनीले चुक्तापूँजीको १० प्रतिशत सेयरको बिक्री खुलाएको हो ।
कम्पनीले आयोजना प्रभावितपछि सर्वसाधारणका लागि २९ लाख १२ हजार ५ सय कित्ता आइपीओ निश्कासन गर्नेछ ।
आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ ।
इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था निकै कमजोर छ भन्ने हो ।
युनियन हाइड्रोपावरले ३.३ मेगावाट क्षमताको मिडिम खोला प्रोजेक्ट निर्माण गरिरहेको छ । यो कम्पनीले २३ मेगावाटको मेगाखोला प्रोजेक्ट निर्माणको समेत अनुमति पाइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago