काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडलाई धितोपत्र बोर्डले आइपीओ निश्कासनको अनुमति दिएको छ ।

बोर्डले असार १४  गते  यो  कम्पनीलाई आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने अनुमति दिएको हो । यो भनेको आयोजना प्रभावितलाई कम्पनीले चुक्तापूँजीको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था निकै कमजोर छ भन्ने हो । 

युनियन  हाइड्रोपावरले ३.३ मेगावाट क्षमताको मिडिम खोला प्रोजेक्ट निर्माण गरिरहेको छ । यो कम्पनीले २३ मेगावाटको मेगाखोला प्रोजेक्ट निर्माणको समेत अनुमति पाइसकेको छ ।