काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ७.७६ प्रतिशतले बढेको छ। गत वर्ष १ करोड ३३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर १ करोड ४४ लाख रुपैयाँ भएको छ। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेर २ करोड ८५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ३ करोड ३३ लाख रुपैयाँले ऋणात्मक भएको छ। गत वर्ष पनि रिजर्भ ६ करोड २२ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.६९ रुपैयाँ, पीई रेसियो २२.७४ गुणा र प्रतिसेयर नेटवर्थ ९५.५५ रुपैयाँ रहेको छ।