काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारणका लागि निश्कासन गरेको सेयर तेश्रो दिनसम्म करिब ५० प्रतिशत बिकेको छ ।
आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म देशभरबाट २७ हजार जनाले यो कम्पनीको १७ लाख ५४ हजार ८८० कित्ता सेयर(आइपीओ) खरीदका लागि आवेदन दिएका हुन् ।
चैत १७ गतेसम्म आइपीओमा आवेदन दिन सकिने भएकोले यो कम्पनीको सेयर पहिलो चरणमै बिक्ने संभावना बढेको छ ।
यो कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ बुधबारदेखि निश्कासन गरेको हो ।
आइपीओमा छिटोमा चैत १७ गते र ढिलोमा बैशाख १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ दरले सेयर निश्कासन हुने भएकोले साथमा ५ हजार रुपैयाँ हुनेले यो कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन्।
यो कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, ६ लाख २१ हजार ७९० कित्ता बिक्री भएको थिएन ।
बिक्री नभएको सो कित्ता समेत जोडेर सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डले माघ २८ गते कम्पनीलाई अनुमति दिएको थियो ।
यसअघि सर्वसाधारणका लागि २९ लाख १२ हजार ५ सय कित्ता सेयर छुट्याइएको थियो ।
इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था कमजोर छ भन्ने हो ।
युनियन हाइड्रोपावरले ३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ । यो कम्पनीले २३ मेगावाटको मेगाखोला प्रोजेक्ट निर्माणको समेत अनुमति पाइसकेको छ ।
यो आयोजनाको कुल लागत ७९ करोड ४० लाख रहेको छ । प्रति मेगावाट लागत मूल्य २६ करोड ५० लाख हुने अनुमान गरिएको छ । आइपीओपछि कम्पनीमा प्रमोटर र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१.१६ः ४८.८३ प्रतिशत कायम हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago