Unilever Nepal Limited
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडका सेयरधनी यो वर्ष पनि प्रफूल्लित हुने भएका छन् । हरेक वर्ष झै यो कम्पनीले यो वर्ष पनि आफ्ना सेयरधनीलाई उनीहरुले होल्ड गरेको प्रति सेयर बराबर १ हजार २० रुपैयाँको दरले नगद लाभांश वितरणको घोषणा गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनाका अनुसार कम्पनीको साउन २८ गते बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट सेयरधनीलाई प्रति सेयर बराबर १ हजार २० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
यो निर्णय कम्पनीको आगामी असोज ५ गते हुने वार्षिक साधारणसभामा पेश हुनेछ र त्यहाँबाट पारित भएपछि कार्यान्वयनको मार्ग प्रशस्त हुनेछ ।
नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये युनिलिभर नेपाल सबैभन्दा धेरै नगद लाभांश वितरण गर्ने कम्पनी हो । यसको सेयर मूल्य समेत निकै महंगो रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले प्रति सेयर बराबर ९ सय ९० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।
यो कम्पनीको प्रति कित्ता सेयरको अगस्ट १० को अन्तिम कारोबार मूल्य ३३ हजार ७ सय ८० रुपैयाँ रहेको छ ।
युनिलिभर नेपाल हिन्दुस्तान युनिलिभर कम्पनीको सहायक कम्पनी हो । यो कम्पनीमा ८० प्रतिशत सेयर स्वामित्व हिन्दूस्तान लिभरको छ भने बाँकी २० प्रतिशत सेयर स्वामित्व सर्वसाधारण लगानीकर्ताको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago