काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले मंगलबार एकैदिन प्रतिकित्तामा १७७४ रुपैयाँ सम्पत्ति गुमाएका छन् । 

यो दिन कम्पनीको सेयर मूल्यमा ७.७५ प्रतिशतले गिरावट आएको हो । 

कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएपछि मूल्य घटेर प्रतिकित्ता २१ हजार १०९ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

नेपालको दोश्रो बजारमा युनिलिभर नेपाल लिमीटेड नै सबैभन्दा महंगो सेयर मूल्य भएको कम्पनी हो । 

यो कम्पनीको दोश्रो बजारमा ९ लाख २० हजार कित्ता सेयर सूचिकृत छ । यो हिसाबले लगानीकर्ताले एकैदिन १ अर्ब ६३ करोड ८० हजार रुपैयाँ गुमाएका छन् । 

कम्पनीको वर्षेनी घटिरहेको प्रतिफलका कारण महंगो सेयर मूल्य भए पनि लगानीकर्ताको यो कम्पनीप्रतिको आकर्षण घटेको छ । 

विश्व बजारबाट युनिलिभरका उत्पादनलाई टक्कर दिने अन्य गुणस्तरीय उत्पादन नेपालमा भित्रिन थालेपछि यसको कमाई समेत घट्न थालेको छ।

यसैको असर कम्पनीको सेयर मूल्यमा देखिएको हो ।