काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडले सेयरधनीलाई प्रतिसेयर रु. ७०० को दरले नगद लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीको १५० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्दै सो अवधिमा भएको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता रु. ७०० को दरले लाभांश वितरणको निर्णय गरेको हो । 

यो कम्पनीले आगामी वार्षिक साधारणसभा आगामी अक्टोबर २३ मा गर्नेछ र सोही साधारणसभाले प्रस्तावित लाभांश पारित गर्ने बताइएको छ । 

दोश्रो बजारमा यो कम्पनीको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २४ हजार ६ सय ६३ रुपैयाँ रहेको छ । 

यो कम्पनीको सेयर मूल्य नेप्सेमा सूचिकृत कम्पनीमध्येकै महंगो हो । गत वर्ष यो कम्पनीले सेयरधनीलाई प्रतिकित्ता १२७० रुपैयाँ लाभांश वितरण गरेको थियो ।