काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउने भएको छ।
युनिलिभर नेपालले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ। सो नगद लाभांशबापतको रकम सेयरधनीहरुको खातामा इन्टर बैंक पेमेन्ट (आईपीएस) मार्फत भुक्तानी गरिने कम्पनीले जनाएको छ।
कम्पनीले नगद पाउनका लागि सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलिसकेका सेयरधनीहरुले आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको छ।
यसैगरी हालसम्म आफ्नो नाममा भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गर्न पनि कम्पनीले आग्रह गरेको छ। सेयरधनीहरुले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलेपछि मात्र लाभांश रकम पाउने कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले सेयर रजिस्ट्रार सनराइज क्यापिटलको ई–मेलमा सेयरधनीहरुले आफ्ना हितग्राही खातामा उल्लेखित आफ्नो प्यान, फोन तथा मोबाइल नम्बर र ई–मेल आईडी पनि अद्यावधिक गर्न सुझाव दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago