काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आगामी मंसिर २६ गते ३० औं वार्षिक साधारणसभा बोलाएको छ।

सभा याक एन्ड यति होटलमा अपरान्ह ४: ३० बजे सुरु हुनेछ ।सभाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट बाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

प्रस्तावित लाभांश कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो।

यसैगरी, कम्पनीले लाभांश वितरण प्रयोजनार्थ मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।