काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेड हकदाबी नपरेको १ करोड २२ लाख रुपैयाँ बढी नगद लाभांश लगानी संरक्षण कोषमा जम्मा गरिदिएको छ। 

कम्पनीले एक सूचना जारी गर्दै १ करोड २२ लाख ७२ हजार ६७० रुपैयाँ हकदाबी नपरेको रकम कोषमा दाखिला गरेको हो। 

कम्पनीले आर्थिक वर्ष २०६९/७०, २०७१/७२ र २०७२/७३ को वार्षिक साधारणसभाहरुबाट पारित नगद लाभांशबापतको रकम हकदाबी नपरेको कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले पत्रिकामा सूचना प्रकाशित गरी भुक्तानी लिन बाँकी नगद लाभांशबापतको रकम लिन आउन सेयरधनीहरु र तिनका हकवालालाई सूचित गरेको थियो। सूचना प्रकाशित गर्दा पनि हकदाबी परेको उक्त रकम कोषमा जम्मा गरिदिएको हो।