काठमाण्डौ । मंगल ग्रहमा अन्तरिक्ष यान पठाउने सूचीमा विश्वको एउटा अर्काे देश थपिएको छ।

संयुुक्त अरब इमिरेट्स (यूएई) ले जापानको सहयोगमा मंगल ग्रहमा आफ्नो पहिलो इन्टरप्लेनेटरी होप प्रोब मिसन सुुरु गरेको हो। मंगल ग्रहका लागि यूएईको पहिलो अन्तरिक्ष मिसन सोमबार जापानको तानेगाशीमा स्पेस सेन्टरबाट लन्च भएको छ। 

यूएईको मंगल ग्रहको यो मिसनको नाम ‘होप’ राखिएको छ। यदि यो मिसन सफल भयो भने यूएई मंगल ग्रहमा सफलता प्राप्त गर्ने पहिलो अरब राष्ट्र हुुनेछ। 

यो मिसनलाई टीभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो। यसलाई १५ जुुलाईमा लन्च गर्नुुपर्ने थियो तर खराब मौसमका कारण यसलाई पर सारिएको थियो। 

‘होप’ सन् २०२१ फेब्रुुअरी महिनामा मंगल ग्रहको कक्षमा पुुग्ने विश्वास लिइएको छ। यसपश्चात यसले एक मंगल वर्ष अर्थात ६८७ दिनसम्म मंगल ग्रहको कक्षमा चक्कर लगाउनेछ। 

यो मिसनको मुुख्य लक्ष्य भनेको मंगल ग्रहको पर्यावरण र मौसमका बारेमा सटिक जानकारी हासिल गर्नुु रहेको छ। तर यसको पछाडिको अर्काे लक्ष्य भनेको अबको सय वर्षभित्र मंगल ग्रहमा मानव बस्ती बसाल्नुु रहेको छ। 

यूएई यो प्रोजेक्टलाई अरबका युुवाहरुका लागि प्रेरणाको स्रोतका रुपमा पेस गर्न चाहन्छ। – एजेन्सी