काठमाण्डौ । केही वाणिज्य बैंक झै जलविद्युत कम्पनी पनि लगानीकर्तालाई नगद लाभांश दिनमै केन्द्रीत देखिएका छन् । 

यही क्रममा यूनाइटेड मोदी हाइडोपावर लिमीटेडले पनि लगानीकर्तालाई नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको छ । 

यो कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ५ करोड ७५ लाख नगद लाभांश वितरण गर्नेछ । 

यो प्रस्ताव कम्पनीको आगामी पाँचौ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।