काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

कम्पनीको बिहीबार बिहान बसेको संचालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

२०७४ असार मसान्तसम्मको जगेडाकोषमा बाँडफाँडको लागि उपलब्ध रकमबाट सेयरधनीहरुलाई हालको चुक्तापूँजी १ अर्ब १५ करोडको ५ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय भएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।