काठमाण्डौ । यो साता सेयरबजार सामान्य अंकले घटेको छ । 

बजार घट्दा पनि सिद्धार्थ इक्विटी फण्ड २ का लगानीकर्ताहरुले १६.२५ प्रतिशत कमाएका छन् ।दोस्रोमा सिंगटी हाइड्रोपावरका लगानीकर्ताहरुले करिब १४ प्रतिशत, मन्दाकिनी हाइड्रो कम्पनीका लगानीकर्ताहरुले साढे १२ प्रतिशत, रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताहरुले ९ प्रतिशतका दरले कमाएका छन् । 

यसैगरी, कुमारी इक्विटी फण्डका लगानीकर्ताहरुले ८.९३ प्रतिशत, मेन्छियाम हाइड्रोका लगानीकर्ताहरुले ८.७३ प्रतिशत, तारागाँउ रिजेन्सि होटल्सका लगानीकर्ताहरुले ८.१८ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताहरुले ८ प्रतिशत, मैलिङ खोला जलबिद्युत कम्पनीका लगानीकर्ताहरुले ७.९३ प्रतिशत र अपर स्यांगे हाइड्रोका लगानीकर्ताले ७.७९ प्रतिशतका दरले कमाएका छन् ।