काठमाण्डौ । युुनिभर्सिटी अफ म्यासाचुुसेट्स एमहस्र्टका वैज्ञानिकहरुले एउटा नयाँ डिभाइस बनाएका छन्। जुुन हावाको आर्द्रताले बिजुुली उत्पादन गर्दछ।

रिपोर्टका अनुुुसार युुनिभर्सिटी अफ म्यासाचुुसेट्स एमहस्र्टमा इलेक्ट्रिकल इन्जिनियर जूून याओ र माइक्रोबायोलोजिस्ट डेरेक लवलीको प्रयोगशालामा एउटा डिभाइस बनाइएको छ जुुन हावाबाट बिजुुली पैदा गर्न सक्छ। यस डिभाइसलाई एयर जेनेरेटर र एयर पावर्ड जेनेरेटर पनि भनिएको छ। यो डिभाइस हावामा रहेको आर्द्रतालाई बिजुुलीमा बदल्न सक्छ। 

यस डिभाइसमा १० माइक्रोनभन्दा पनि पातलो इलेक्टोड्सजडित छ। यो इलेक्ट्रोड्स वातावरणमा रहेको पानी सोस्दछ। त्यसपछि इलेक्ट्रोड्समा रहेको प्रोटिन पानीसँग प्रतिक्रिया गर्दछ र अनि बिजुुली पैदा गर्दछ।

जूून याओले भने, ‘हामी साँच्चै नै पातलो हावाबाट बिजुुली बनाइरहेका छौं। एयर जेनेरेटर २४ गुृणा ७ स्वच्छ ऊर्जा पैदा गर्छ।’

याओले भने, ‘लवलीसँग तीन दशकभन्दा धेरै समय स्थायी जीव विज्ञानमा आधारित इलेक्ट्रोनिक सामाग्री छ। यो प्रोटिन न्यानो तारको सबैभन्दा अद्भूूत र रोमान्चक अनुुप्रयोग हो।’

स्मार्टफोनलाई चार्जिङबाट छुुटकारा

यो डिभाइस हावाबाट ०.५ भोल्ट्स हाराहारी बिजुुली पैदा गर्न सक्ने बताइएको छ। यस प्रविधिलाई स्मार्टवाच र स्मार्टफोनमा पनि  प्रयोग गर्ने योजना रहेको छ। यस डिभाइसबाट चार्जेबल डिभाइस चार्ज गर्नुुपर्ने समस्याबाट पनि मुुक्ति मिल्नेछ। – एजेन्सी