काठमाण्डौ । मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाविरुद्ध लगानीकर्ताहरु आन्दोलनमा उत्रिएको अवस्था नेपाल राष्ट्र बैंकले यस किसिमको कर्जाका विषयमा थप प्रस्ट पारेको छ।
राष्ट्र बैंकले आज बारम्बार सोधिने प्रश्न (एफएक्यू) को उत्तर दिँदै उद्यमीव्यवसायीहरुले उद्योगव्यवसायीका लागि अन्य धितोसँगै सेयरसमेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइने प्रस्ट पारेको हो। यसको अर्थ व्यावसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखेसरह अतिरिक्त धितोका रुपमा सेयरसमेत धितोका रुपमा राख्न सकिने व्यवस्था गरिएको हो।
मौद्रिक नीतिबाट चालु आर्थिक वर्षदेखि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तै एकल ग्राहक कर्जा सीमाका रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू गरिएको छ।
यो सीमा व्यावसायिक प्रयोजनका लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा भने लागू नहुने राष्ट्र बैंकले जनाएको छ। यसको अर्थ व्यावसायिक प्रयोजनका लागि सेयर धितो राखी जति पनि कर्जा लिन सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19