काठमाण्डौ । दोश्रो बजार मूल्य रकेटको गतिमा बढिरहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडले लाभांश घोषणा गरेको छ ।

पुस २ गते ३ः३० बजे बसेको यो कम्पनीको सञ्चालक समितिको १८६ औं बैठकले आर्थिक वर्ष २०७९ ८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी १ अर्ब १७ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो प्रस्तावसहित आगामी वार्षिक साधारणसभा समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरिएको बताएको छ । 

कम्पनीको पन्ध्रौं वार्षिक साधारणसभा पुस २६ गते बिहीबारका दिन १० बजे आह्वान गर्ने निर्णय समेत भएको बताइएको छ । 

साधारणसभा प्रयोजनका लागि यो कम्पनीले पुस १२ गते सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ। 

पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र घोषित लाभांश पाउनेछन् । सो अवधिसम्मका सेयरधनीले मात्र साधारणसभामा सहभागी हुने मौका पाउनेछन् ।