काठमाण्डौ । एभरेष्ट बैंकको सहयोगमा काठमाण्डौको बानेश्वस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको प्लान्ट सञ्चालनमा आएको छ ।

विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा २ हजार ७०० भन्दा बढी विधार्थीलाई पुग्ने गरी शुद्ध खानेपानी प्लान्टलाई पुनः सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई २ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रम पूर्व उप–प्रधानमन्त्री एवं सांसद प्रकाश मान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

कार्यक्रममा कम्पनीका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोरा तथा विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति थियो । 

कम्पनीले देशैभरि छरिएर रहेको आफ्नो १२७ वटा शाखा सञ्जाल, ३ वटा एक्सटेन्सन काउण्टर, ७ वटा प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र  बैकिंङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

साथै कम्पनीले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको बताएको छ ।