 
                     
                                
                             
                                    काठमाण्डौ । सेयर विश्लेषक रविन्द्र भट्टराईले बजारमा बसन्त ऋतुको सुरुवात भएको दाबी गर्दै अन्य खर्च थाँती राखेर सेयर किन्न आग्रह गरेका छन् ।
विगत ५ दिनदेखि सेयर बजार परिसूचक लगातार बढिरहेको छ । परिसूचकसँगै समानान्तर रुपमा कारोबार रकम पनि बढिरहेको छ । मंगलबार परिसूचकसँगै कारोबार रकममा समेत उछाल आएको छ ।
बढिरहेको बजारलाई इंगित गर्दै भट्टराईले बसन्त ऋतुको सुरुवात भएको दाबी गरेका हुन् ।
जलवायु परिवर्तनकै कारणले सेयर बजारमा हरियालीको मुना पलाएको दाबी गर्दै उनले भनेका छन्–‘जस्तोसुकै खडेरी लागे पनि बसन्त ऋतु लागेपछि पालुवा पलाउन सुरु भएको छ । सेयर किन्नलाई पात झर्ने बेला किन पालुवा कुर्ने ? पालुवाबाटै आनन्द लिदैं जानुपर्छ । तसर्थ अहिलको अवस्थामा अन्य खर्च तथा लगानी थाँती राखेर सिजनको फल टिप्नका लागि अघि बढ्दा राम्रो नतिजा निस्किएला ।’
हामीले बजारको पछिल्लो प्रवृतिको विषयमा केही विश्लेषक, केही ब्रोकर लगानीकर्तालाई समेत सोधेका छौ ।
यो क्रममा नेप्से परिसूचकको निरन्तरको घटाइ र धितोपत्रहरुको मूल्य धेरै घटेका हुनाले नै नेप्से बढेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए ।
सक्रिय लगानीकर्ता केशव न्यौपानेले बजार धेरै घटेको र सूचीकृत कम्पनीहरुको मूल्य सस्तो भएकै बेला मौकामा चौका हान्नेको प्रवेशले नै बजार बढेको दाबी गरे ।
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले आफ्नो संघले विगतमा आन्दोलन गर्दा बजार बढेको र यसले सोही क्रमलाई पछ्याएको दाबी गर्दै भने–‘एक कार्यक्रममा अर्थमन्त्रीज्यूले बैंकहरुबीच मर्जर आवश्यक रहेको भन्ने भनाइले समेत बजारमा उछाल आएको हो ।’
अर्का सक्रिय लगानीकर्ता ऋषिराम गौतमको भनाईमा लगानीकर्ताहरुलाई मार्केटको वियर साइकलको अन्ततिर आइपुगेको हो भन्ने आत्मानुभूति भएका कारण नेप्से निरन्तर बढ्न थालेको हो ।
नेप्सेमा हरियाली छाउँदा किन्ने र रातो रंगले पोतिदा आत्तिएर बेच्ने नेपाली सेयर लगानीकर्ताहरुको अभ्यास रहँदै आएको छ । यसबेला सुझबुझ र लगानीको टार्गेटलाई सुक्ष्म विश्लेषण गर्दै लगानीको निर्णय लिनुपर्ने हुन्छ ।
नेप्से परिसूचकको घटबढलाई मात्र लगानीको निर्णय आधार भन्दा पनि सूचीकृत कम्पनीहरुको प्रगति विवरण र लाभांश सम्भावनालाई लगायतका विषयमा चनाखो भई विश्लेषण गरी लगानीको निर्णय लिन सके यसबेला गरिएको लगानीले उभो लगाउने विश्लेषकहरु बताउँछन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19