काठमाण्डौ । भारतको राजधानी दिल्लीमा आजबाट एक साता लामो लकडाउनको घोषणा गरिएको छ।

कोरोनाको बढ्दो संक्रमण नियन्त्रणका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एकहप्ते लकडाउनको घोषणा गरेका हुन्। लकडाउन आज राति १० बजेबाट आगामी सोमबार बिहान ५ बजेसम्म लागू हुने मन्त्री केजरीवालले बताएका छन्। ‘अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो’, उनले भने।

केजरीवालले यो छोटो लकडाउन भएको र फेरि बढाउने सम्भावना कम रहेको बताए। यद्यपि दिल्लीवासीलाई घरबाहिर ननिस्किन र अन्यत्र नजान उनले अपिल गरेका छन्।

केजरीवालले यो अवधिमा अस्पतालहरु ठूलो संख्यामा शय्या थपिने तथा औषधि र अक्सिजनको आपूर्ति पनि बढाइने जानकारी दिए। – एजेन्सी