confused investor
काठमाण्डौ । तीनवटा निर्वाचन क्षेत्रको स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता भइसक्दा समेत लगानीकर्ता भने अझै विश्वस्त हुन नसकेका देखिएको छ । राजनीतिक दलहरु निर्वाचनको महासंग्राममा लागिसक्दा समेत लगानीकर्ताहरु भने अन्यौलकै भूमरिमा रुमल्लिदा बुधबार नेप्से परिसूचक ४.०५ अंकले मात्र वृद्धि भएको छ । परिसूचक १६६२.३८ अंकको उचाईमा पुगेको छ भने कारोबार रकम मंगलबार भन्दा केही घटेको छ ।
बुधबार विकास बैंक र उत्पादनमूलक समूहमा क्रमशः ४.९४ र २.०४ अंकको गिरावट देखिएको छ भने बाँकी सबै समूहको सूचक बढेका छन् । तर वृद्धि निकै न्यून छ । सबैभन्दा धेरै होटल समूहका सूचक ४३.०७ अंकले बढेको छ । यस्तै, बैकिङ समूह, बिमा र बित्त समूह क्रमशः ४.४४, १६.५४ र २.१५ अंकले बढेका छन् । जलविद्युत समूह ६.५२ अंकले बढेको छ भने अन्य समूहमा ४.९२ अंकको वृद्धि देखिएको छ ।
यो दिन सेन्सेटिभ इण्डेक्स १.०९ र फ्लोट इण्डेक्स ०.२५ अंकले बढे ।
धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय ४२ कम्पनीका १३ लाख ७ सय ६७ कित्ता सेयर ८९ करोड बढी रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरले ४ करोड ३९ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ३१ लाख, लक्ष्मी बैंकले ३ करोड ७८ लाख, नेपाल एसबीआई बैंकले ३ करोड ५६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ४३ लाख, एभरेष्ट बैंकले २ करोड ९८ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत र एक स्थान विकास बैंकले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार पाँच कम्पनीले पैसा छापे । सप्तकोशी डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस्तै, साहारा विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारी, न्याग्दी ग्रुप पावर लिमीटेडको सेयर मूल्य ९.२१ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
यस्तै, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, एनएमबी माइक्रो फाइनान्स र ललितपुर फाइनान्स सबैभन्दा धेरै गुमाउने कम्पनी बने । जनउत्थानको सेयर मूल्य ५.२५ प्रतिशत, एनएमबीको ५.०९ प्रतिशत र ललितपुर फाइनान्सको ५ प्रतिशतको हाराहारीमा सेयर मूल्य घट्यो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago