काठमाण्डौ । रादी विद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओमा अचाक्ली आवेदन परेको छ ।
आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैकिंग लिमीटेडका अनुसार ७ करोड ६४ लाख मूल्यको आइपीओ खरीदका लागि १ लाख ६१ ह्जार आवेदकले १ अर्ब ३० करोडको हाराहारीमा प्रस्ताव परेको छ । यो हिसाबले करिब १७ गुणा भन्दा बढी आवेदन परेको देखिएको छ ।
यो कम्पनीले ७ लाख ६४ हजार ५ सय ५० कित्ता आइपीओ पुस ३ देखि ६ गतेसम्म निश्कासन गरेको थियो । कम्पनीको आइपीओमा छोटो अवधिमै अचाक्ली आवेदन परेको देखिएको हो ।
यो कम्पनीले गत बैशाख ५ देखि जेठ ३ गतेसम्म आयोजना प्रभावित लमजुंग जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख १० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, सो क्रममा १ ला ४९ हजार ५ सय ५० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको यो कित्ता पनि यसपटककै निश्कासनमा समावेश गरिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो ।
रादी विद्युत कम्पनी लिमीटेडले लमजुङमा ४.४० मेगावाट क्षमताको साना रादी जलविद्युत आयोजना संचालन गरिरहेको छ ।
यो कम्पनीको चुक्तापूँजी ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापुँजी ४१ करोडको उचाईमा पुुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago