काठमाण्डौ । धितोपत्र बोर्डले रादी विद्युत कम्पनी लिमीटेडलाई ७ करोड ६४ लाख मूल्य बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ । 

बोर्डले १ सय रुपैयाँ अंकित दरका कुल ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न रादीलाई अनुमति दिएको हो । 

यो जलविद्युत कम्पनीले गत बैशाख ५ देखि जेठ ३ गतेसम्म लमजुंगस्थित आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख १० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । 

नेपाल इन्भेष्टमेन्ट बैकिंग लिमीटेड रादीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । 

हाल यो जलविद्युत कम्पनीले ४.४० मेगावाट क्षमताको साना रादी जलविद्युत प्रोजेक्ट संचालन गरिरहेको छ । २०१७ सालदेखि नै यो आयोजनाले विद्युत उत्पादन थालेको हो । 

रादीको आइपीओलाई इक्रा नेपालले ग्रेड थ्रीको रेटिंग प्रदान गरेको छ, जसको अवस्था औसतमा ठीकै छ भन्ने हो । 

यो कम्पनीको चुक्तापूँजी ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि आइपीओ जारी गरिसकेपछि चुक्तापूँजी बढेर ४१ करोड पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।