काठमाण्डौ । राधी विद्युत कम्पनीले झन्डै १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज (साउन ९ गते) राधी विद्युतलाई चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै अब राधी विद्युतले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
राधी विद्युत कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago