काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने म्याद अब दुई कार्यदिनमात्रै बाँकी रहेको छ। 

कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत असोज ५ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको छ। 

कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गरेको छ। 

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यो हकप्रदमा भोलि असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यसको मतलब आज र भोलि आवेदन दिने म्याद रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ। 

राधी विद्युतले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत भदौ १२ गते बुक क्लोज गरेको थियो। यसको अर्थ भदौ १० गते (भदौ ११ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्।