काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.०१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले यही अवधिमा ५ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ५.६४ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी १२ करोड ४७ लाखरुपैयाँ रहेकोमा यो वर्ष घटेर ११ करोड ४७ लाख रुपैयाँ भएको छ।
चुक्तापुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १७.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २७.९० गुणा र प्रतिसेयर नेटवर्थ १५१.८५ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19