काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ।
विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको हो।
कम्पनीले आयोगसमक्ष चुक्तापुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १ः१४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको थियो। आयोगले यो कम्पनीलाई आज वैशाख २७ गते दिउँसो पत्र पठाउँदै हकप्रद सेयर निष्कासनको स्वीकृति प्रदान गरेको हो।
यसअघि विद्युत नियमन आयोगले ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको थियो। ङादी ग्रुपले चुक्तापुँजीको चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा र बरुण हाइड्रोपारलाई चुक्तापुँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति पाएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19