काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओको आकार कम्पनीको जारीपूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउँछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६ लाख कित्ता सेयरका लागि दरखास्त दिन सक्नेछन् ।
आईपीओ निष्कासन बन्द छिटोमा आगामी असार ७ गते र ढिलोमा असार २२ गते बैंकिङ समयपछि हुनेछ ।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago