काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई (इक्रा–आईआर) बी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन्। यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र भएको पनि इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ। 

रेटिङ वर्ग (इक्रा–आईआर) एएदेखि (इक्रा–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्रा–आईआर) बी प्लसको स्थिति (इक्रा–आईआर) बीभन्दा एक चिह्न माथि रहन्छ भने (इक्रा–आईआर) बी माइनस स्थिति (इक्रा–आईआर) बीभन्दा एक चिह्न तल रहन्छ।