काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको बुधबार सेयर कारोबार खुलेको छ।
कम्पनीले आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएसँगै आज बुधबारबाट कारोबारमा आएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।
नेप्सेले यो कम्पनीलाई आरएचजीसीएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको थियो।
आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि खुलेको छ। प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३१९ रुपैयाँमा किनबेच भएको छ।
यो कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ ला १२ हजार ९७३ कित्ता छन्।
यो कम्पनीले गत असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको थियो।
यो आईपीओको बाँडफाँड गत साउन ९ गते भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19