काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आज जेठ २४ गतेदेखि आवेदन खुला गरिएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले प्रतिसेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओको आकार कम्पनीको जारीपुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउँछ। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६ लाख कित्ता सेयरका लागि दरखास्त दिन सक्नेछन्। 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी असार ७ गते र ढिलोमा असार २२ गते बैंकिङ समयपछि हुनेछ । यो आईपीओमा आवेदन दिनका लागि ग्लोबल आइएमई बैंकको छिप्रिदह शाखा र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा शाखा र मुसिकोट शाखा, प्रभु बैंकको रुकुमकोट शाखा तथा सिद्धार्थ क्यापिटल र मुक्तिनाथ क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयहरुलाई संकलन केन्द्र तोकिएको छ। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।