काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष धनीराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बैंक संचालक समितिको बिहिबार बसेको बैठकले धनीराम शर्मालई अध्यक्षमा चयन गरेको हो ।
अध्यक्ष धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव छन् । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago