काठमाण्डौ। सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले  उक्त मितिमा निर्वाचत गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत एक तिहाइ सदस्य  अर्थात् २० जनाको पदावधि सकिन लागेको छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान छ ।

यसैगरी,सोही बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको छ ।