काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) को जिम्मेवारी सुवास कोइरालाले पाएका छन् ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । सोही बैठकले शेखर बरालले कम्पनीको सीईओ पदबाट दिएको राजीनामा स्वीकृत गरेको  छ।

कोइराला सन् २०१८ अप्रिलदेखि कम्पनीको उच्च व्यवस्थापकमा प्रवेश गरेका थिए ।