काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित द ब्रिटिस कलेज र राष्ट्रिय आविष्कार केन्द्र (नेसनल इनोभेसन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन्।
दुवै संस्थाले संयुक्त रुपमा मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई थप ऊर्जाशील बनाउन र राहत कार्यलाई अझ सुदृढ पार्नका लागि एक परियोजना अगाडि बढाउने भएका छन्।
कलेजका निर्देशक महेन्द्र राज कँडेलले भने, ‘आविष्कार केन्द्रसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। ब्रिटिस कलेजले लामो समयदेखि यस्ता प्रकारको साझेदारी र सामाजिक कार्यहरू गर्दै आएको छ। हामी विश्वास गर्दछौँ कि कोभिड १९ विरुद्ध लड्न यसले धेरै सहयोगी भूमिका खेल्नेछ। आउने दिनमा पनि यी प्रकारका साझेदारी र सीएसआर गर्दै जानेछौँ।’
सामूहिक रूपमा टीबीसी र एनआईसीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गर्ने लक्ष्य राखेको छ।
यो संकटको समयमा आममानिसलाई आवश्यक सेवा प्रदान गरिने बताइएको छ। यसका लागि टीबीसीले राष्ट्रिय आविष्कार केन्द्रलाई अनुदान दिनेछ। यो उद्देश्य प्राप्तिका लागि एनआईसीले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्नेछ।
यस क्रममा संयुक्त रुपमा टीबीसी र एनआईसीले कोभिड–१९ राहत कार्यक्रमलाई विभिन्न तरिकाले अगाडि बढाइने बताइएको छ। कोभिड राहतको क्षेत्रमा नयाँ घटनाक्रमका बारेमा अनुसन्धान गर्ने, फ्रन्टलाइन खटेर काम गर्नेहरुलाई सहयोग पुर्याउन सुरक्षात्मक उपकरण विकास गर्ने र भेन्टिलेटरजस्ता सान्दर्भिक चिकित्सा उपकरणहरू मर्मत गर्ने र ल्याउने कामलाई सञ्चालनमा ल्याउनेछ।
वितरण र पहुँच केन्द्रित गर्ने सुनिश्चित गर्नका लागि सबैभन्दा धेरै खाँचोमा परेकाहरुलाई सहयोग पुर्याइनेछ। टीबीसीको इनोवेसन हब र इनक्युबेसन सेन्टरमा कलेजका विद्यार्थीहरूद्वारा सम्बन्धित प्राजेक्टमा अनुसन्धान हुनेछ।
एनआईसी अधिकारीहरुद्वारा निरीक्षण र प्रोत्साहन गर्नका लागि सेमिनार, वेबिनारहरू र कार्यशालाहरू गर्नेछन्। यसले महामारीका बीच कसरी संकटको सामना गर्ने सोच विकास गर्ने अपेक्षा गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago