 
                     
                                
                             
                                    काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहीबार (फागुन १२ गते) बाँडफाँड गरिने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज दिउँसो ३ बजे बाँडफाँड गर्ने कार्यक्रम राखेको छ। आईपीओ बाँडफाँड कार्यक्रम एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा राखिएको छ। क्यापिटलका अनुसार बुधबार यो आईपीओको प्रिअलटमेन्टको काम सकिएको थियो।
राष्ट्र उत्थान लघुवित्तले गत फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म जारी पुँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।
संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा २६ लाख २६ हजार ९० आवेदकबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३८.३० गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ७९ हजार ४५० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने झन्डै साढे २५ लाख आवेदकको हात खालि हुने भएको छ।
राष्ट्र उत्थान लघुवित्तको यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19