 
                     
                                
                             
                                    काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज दिउँसो ३ बजे बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा राखिएको थियो।
राष्ट्र उत्थान लघुवित्तले गत फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म जारी पुँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।
संस्थाले १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
धितोपत्र बिक्री प्रबन्धक क्यापिटलका अनुसार यो आईपीओमा कुल २५ लाख ८५ हजार २६१ आवेदकबाट २ करोड ९४ लाख ६७ हजार २१० कित्ता सेयर माग भएको थियो। तीमध्ये २५ लाख ७९ हजार ४०२ आवेदकबाट परेको २ करोड ९३ लाख ९७ हजार ६८० कित्ता सदर भएको छ। कुल आवेदकमध्ये ५ हजार ८५९ आवेदकबाट परेको ६९ हजार ५३० कित्ता बदर भएका छन्।
सदर आवेदकमध्ये भाग्यमानी ७९ हजार ४५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने २४ लाख ९९ हजार ९५२ आवेदकको हात खालि भएको छ।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमै एनआईबिएल एस क्यापिटलको वेबसाइट, सीडीएससीको मेरो सेयर र https://iporesult.cdsc.com.np/मा हेर्न सकिनेछ।
राष्ट्र उत्थान लघुवित्तको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19