काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट कारोबारमा आएको छ।
राष्ट्र उत्थान लघुवित्तको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउँछ। तर, शुक्रबार सेयर कारोबार नहुने भएकोले आज आइतबारबाट यो लघुवित्तको सेयर कारोबारमा आएको हो।
राष्ट्र उत्थानको पहिलो कारोबार प्रतिकित्ता ५०२ रुपैयाँमा भएको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो लघुवित्तलाई न्यूनतम १६७.४३ रुपैयाँदेखि अधिकतम ५०२.२९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज स्पेसल प्रि–सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएपछि नियमित समयका लागि कारोबारमा आएको हो।
नेप्सेले राष्ट्र उत्थान लघुवित्तलाई ‘आरयूएलबी’ कारोबार संकेत प्रदान गरेको।
नेप्सेमा यो लघुवित्तको कुल २६ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १७ लाख ५० हजार कित्ता (६७.३१ प्रतिशत) र सर्वसाधारण समूहको ८ लाख ५० हजार कित्ता (३२.६९ प्रतिशत) छन्।
राष्ट्र उत्थान लघुवित्तले गत फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। आईपीओको बाँडफाँड भने गत फागुन ११ गते गरिएको थियो। संस्थाको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको थियो।
यसैबीच जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउन सकेन।
पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम १६४.६० रुपैयाँ र अधिकतममा ४९३.८० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रिसेसनमा किनबेच भएका कारण यो लघुवित्तको सेयर कारोबारमा आउन नसकेको हो। अब भोलि सोमबार स्पेसल प्रिसेसनमा तोकिएको रेन्जभित्र सेयर किनबेच भएमा यो लघुवित्तको सेयर कारोबार नियमित समयका लागि खुल्नेछ।
नेप्सेले जाल्पा सामुदायिक लघुवित्तलाई ‘जेएएलपीए’ कारोबार संकेत प्रदान गरेको छ।
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको कुल १६ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १० लाख ७८ हजार र सर्वसाधारण समूहको ५ लाख २२ हजार कित्ता छन्।
यो लघुवित्त गत माघ २१ गतदेखि माघ २५ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड गत फागुन १ गते गरिएको थियो।
आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago