-रेखा चन्द
काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गर्ने भएका छन्।
गत जेठ २० गतेदेखि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। यही क्रममा आज काठमाण्डौको नक्सालस्थित गहनापोखरीमा भेला भएका लगानीकर्ता नाराबाजी गर्दै बालुवाटारस्थित राष्ट्र बैंकतर्फ अगाडि बढिरहेका छन्। लगानीकर्ताहरु टंगाल, भाटभटेनीहुँदै बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर घेराउ गर्नुका साथै प्रदर्शन गर्नेछन्।
राष्ट्र बैंकतर्फ अगाडि बढिरहेका सयौँको संख्यामा रहेका लगानीकर्ताहरुले पुँजीगत लाभकर ३ प्रतिशत कायम गर, ब्रोकर कमिसन कम गर, बैंकलाई ब्रोकर लाइसेन्स दे, ४–१२ को नीति खारेज गर, सीसीडी रेसियो कायम गर, अनावश्यक हस्तक्षेप बन्द गर, नीतिगत भ्रष्टाचार अन्त्य गर, १९ बुँदे माग पूरा गरजस्ता नारा लगाइरहेका छन्।
प्रदर्शनमा सहभागी स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीका अनुसार लगानीकर्ताहरुले अघि सारेका १९ बुँदे मागसहितको ज्ञापनपत्र राष्ट्र बैंकमा बुझाउने कार्यक्रम पनि रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago