काठमाण्डौ । चालुुपँजी कर्जा मार्गदर्शन संशोधन गर्न सकारात्मक देखिएका नेपाल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई नेपाल उद्योग वाणिज्य महासंघले लिखित सुुझाव पेस गरेको छ।
महासंघका अध्यक्ष शेखर गोल्छासहितका निजी क्षेत्रका अध्यक्षहरुसँग सोमबार चालुपुँजी कर्जाको समस्याका बारेमा छलफल भएकोमा आज लिखित सुुझाव माग गरिएको थियो। सोहीअनुसार महासंघले आन्तरिक रुपमा सरोकारवालासँग छलफल गरेर प्राप्त मागहरुलाई लिखित रुपमा राष्ट्र बैंकमा पेस गरेको हो।
आर्थिक वर्ष २०८१–८२ बाट चालुपुँजी कर्जा मार्गदर्शन लागू गर्न व्यवसायीबाट माग गरिएकोमा गभर्नर अधिकारी सकारात्मक रहेको स्रोत बताउँछ। ‘नयाँको हकमा पनि असारसम्म लागू नगर्न भनेका छौँ’, स्रोतले भन्यो, ‘हामीले चालुपुँजी कर्जा वर्षको सात दिन शून्यमा झार्नुपर्ने व्यवस्थालाई संशोधन गर्न पनि माग गरेको छौँ।’
त्यसैगरी गर्भनर अधिकारीसामु महासंघले पुसको ऋणको सावाँ–ब्याज भुक्तानी गर्ने समयसीमा चैतसम्म सारिनुपर्नेसहितका माग पेस गरेको छ। गर्भनर अधिकारी व्यवसायीको यी सबै मागमा सकारात्मक देखिएको बताइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago