काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ३५.६७ अंकले ओरालो लागेको छ ।
यो दिन नेप्से परिसूचक १ हजार ९२१.२४ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.७९ अंकले ओरालो लागेर ३६७.५७ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ ।
आजको बजार घटेको बारे बजार जानकार महेश रिजाल नेपाल राष्ट्र बैंकको परिमार्जित नीतिप्रति लगानीकर्ताको असन्तुष्टि नै प्रमुख रहेको बताउँछन् । उनी भन्छन्, ‘यो नीतिले लगानीकर्तालाई जिस्काएको जस्तो मात्र गरेको छ । आज बजार घट्नुको अन्य कारणमा दसैंको प्रभाव, त्यसैगरी बैंकको ब्याज तिर्नुपर्ने बाध्यता र उधारोमा शेयर किनेका लगानीकर्ताहरुको ब्रोकर सेटलमेन्ट नै हो । बजारमा नयाँ पैसा आएन, आईपीओबाट पैसा एकोहोरो बाहिरिरह्यो । क्याप पूर्णरुपमा नहटेसम्म बजार बढ्ने सम्भावना देखिदैन ।’
अर्का बजार जानकार अर्जुन थापा भन्छन्, ‘तेस्रो त्रैमासको प्रेसर, क्याप पूर्णरुपमा नहट्नु र ब्याजदरको प्रभावले गर्दा आजको बजार घटेको हो । दसैंको दबाब पनि बजारमा देखिन्छ । अन्तरराष्ट्रिय परिवेश पनि सहज छैन । ’
उनले नेपाल राष्ट्र बैंकले खुला नीति नल्याएको आरोप पनि लगाए ।
आज नेप्सेमा सूचीकृतमध्ये २८९ कम्पनीका ५८ लाख १५ हजार १८९ कित्ता सेयर १ अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
यो दिन हाइड्रोपावर समूह सवैभन्दा बढी अर्थात् २.७२ प्रतिशतले घटेको छ भने होटल्स तथा टुरिजम समूह पनि २.३५ प्रतिशतले रातो पोतिएको छ ।
त्यसैगरी, जीवन बीमा समूह पनि २.२८ प्रतिशत र बैकिंग समूह १.८९ प्रतिशतले घटेको छ ।
त्यस्तै वित्त समूहमा १.९९ प्रतिशत, विकास बैंक समूहमा १.८९ प्रतिशत, लगानी समूहमा २.०१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१८ प्रतिशत, लघुवित्त समूहमा १.१६१ प्रतिशत, अन्य समूहमा १.६१ प्रतिशत र व्यापार समूहमा १.९६ प्रतिशतले आरोलो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन यसैगरी शिवम सिमेन्टको ६७ करोड ३८ लाख १५ हजारभन्दा बढीको कारोबार भएको छ ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५५ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज बाराही हाइड्रोपावरको सेयरमूल्य ९.५९ प्रतिशतले बढेको छ । यो दिन उक्त कम्पनीका सेयरधनीहरु मालमाल भएका छन् । यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको सेयरमूल्य ९.४० प्रतिशतले बढेको छ ।
यो दिन हिमालयन सिभिल लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले गिरावट आएसँगै नकारात्मक सर्किट लागेको छ । यसैगरी, यो दिन गरिमा डिबेञ्चरको इकाई १० प्रतिशतले तल झरेको छ ।
त्यसैगरी घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ८.१७ प्रतिशतले ओरालो लागेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19