काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
संस्थाले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ।
यसैबीच संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ। नियुक्तिसम्बन्धी सम्झौतापत्रमा राष्ट्र उत्थान लघुवित्तकी नायब कार्यकारी निर्देशक जया लोहनी र एनआइबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।
राष्ट्रियस्तरको राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको साँगामा रहेको छ। संस्थाको देशका विभिन्न ३६ जिल्लामा ८५ वटा शाखा कार्यालय छन्।
आईपीओ निष्कासनका लागि इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई (इक्रा–आईआर) बीबी रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने नियकाहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19