काठमाण्डौ । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने भएका छन्।

दुवै कम्पनीले गत कात्तिक १७ गते आपसमा गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीबमोजिम दुवै कम्पनीका सञ्चालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटी पनि बनेको छ। 

मर्जर प्रक्रिया सुरु भएसँगै रैराङ हाइड्रोपावरले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पत्र पठाउँदै आफ्नो कम्पनीको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा रोक्का राख्न अनुरोध गरेको छ। दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मका लागि अस्थायी रुपमा कम्पनीको सेयर कारोबार रोक्का गरिदिन रैराङ हाइड्रोपावरले आग्रह गरेको छ। 

त्यसो त दुवै कम्पनीले आआफ्नो वार्षिक साधारणसभा आयोजना गरिसकेका छन्। यी दुवै सभाबाट रिडी र रैराङ हाइड्रओपावरमा गाभिने विशेष प्रस्ताव अनुमोदन भइसकेको छ। 

रिडीको गत कात्तिक १२ गते र रैराङको कात्तिक १७ गते वार्षिक साधारणसभा भइसकेको छ। यी दुवै कम्पनीले सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १२.६ प्रतिशत नगद लाभांश पनि पारित गरिसकेको छ।