काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ४६ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २३२४.३५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष विद्युत बिक्रीबाट कम्पनीले ४ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ५७.६७ प्रतिशतले बढेको छ। 

कम्पनीको लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी पनि ६० करोड ८ लाख रुपैयाँ रहेको छ। 

चुक्तापुँजी ५८ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीले रिजर्भको आकार ४७ करोड १ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिभर्जमा २ करोड ४ लाख रुपैयाँमात्र थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६०.४८ रुपैयाँ, पीई रेसियो ५.२२ गुणा र प्रतिसेयर नेटवर्थ १८०.२९ रुपैयाँ रहेको छ।