काठमाण्डौ । रिदी हाइड्रोपावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । 

भदौ १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय आगामी कात्तिक १० गते हुने कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष पनि यो कम्पनीले आफ्ना सेयरधनीलाई ६ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । 
प्रस्तावित ६ प्रतिशत बोनस सेयरको पूँजीकरणपछि रिदीको चुक्तापूँजी ५० करोड ५ लाख पुुग्नेछ । हाल यो कम्पनीको चुक्तापूँजी ४७ करोड २२ लाखमा सीमित छ ।