काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको भोलिदेखि दोस्रो बजारमा सेयर कारोबार हुने भएको छ ।

भर्खरै सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स र नेप्सेबीच सोमबार सूचीकरण सम्झौता हुने भएको छ । 

आज नेप्सेमा सूचीकरण भएपश्चात भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको हो ।

आज नेप्सेमा सूचीकरण भएको रिलायन्स लाइफलाई नेप्सेले आरएलआई कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेञ्ज न्यूनतम १०७ रुपैयाँ प्रतिकित्तादेखि ३२२ रुपैयाँ प्रतिकित्ता तोकिएको नेप्सेका एक अधिकारीले जानकारी दिए ।

भोलि मंगलबार स्पेशल प्रिओपन सेसन(बिहान १०ः३० देखि १०ः४५) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र भएपछि मात्र नियमित कारोबार समय(११ बजेदेखि ३ बजे) मा सो कम्पनीको धितोपत्र कारोबार हुनेछ ।