काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आज मंगलबारदेखि दोस्रो बजार सेयर कारोबार सुरु भएको छ।

आज स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र रही प्रतिकित्ता रु. ३२२ मा ५० कित्ता किनबेच भएको छ। अब रियालयन्स लाइफको नियमित धितोपत्र कारोबार समय (११ बजेदेखि ३ बजे) हुनेछ।

भर्खरै सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स र नेप्सेबीच हिजो सोमबार सूचीकरण सम्झौता भएको थियो। हिजै नेप्सेमा यो कम्पनीको सेयर सूचीकृत भएपश्चात आजदेखि दोस्रो बजारमा कारोबार भएको हो।

नेप्सेले रिलायन्स लाइफलाई आरएलआई कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेन्ज न्यूनतम १०७ रुपैयाँ प्रतिकित्ता देखि ३२२ रुपैयाँ प्रतिकित्ता तोकिएको थियो।