काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रु. ६३ करोडको आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले रु. १०० अंकित दरका ६३ लाख कित्ता सर्वसाधारणका लागि निस्कासन गर्ने भएको छ । यसमा केही प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि आरक्षण गरिएको छ ।

यो आईपीओलाई इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ प्रदान गरेको छ ।

कम्पनीले यसअघि नै चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको थियो । 

हाल यो कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यसमध्ये १ अर्ब ४७ करोड रुपैयाँ संस्थापक शेयरधनीबाट संकलन भएको र बाँकी ६३ करोड रुपैयाँ सर्वसाधारणको लगानी भित्र्याउने योजना रहेको कम्पनीले जनाएको छ । यो हिसाबले सर्वसाधारणले ६३ लाख कित्ता आइपीओ खरीदको अवसर पाउनेछन् । 

कम्पनीले गत आर्थिक वर्षको साधारणसभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।